PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने



पहिलोपोस्ट

साफ च्याम्पियनसिप : उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने

बंगलादेशमा भंइरहेको साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स भिड्ने भएका छन्। बुधबार भएको दोस्रो सेमिफाइनलमा भारत को यू-२३ टोलीले पाकिस्तानलाई ३-१ ले पारजित गर्दै माल्दिभ्ससँगको फाइनल भेट पक्का गरेको हो।

भारतका लागि मनविर सिंहले दुई तथा सुमित पासीले एक गोल गरे। पाकिस्तानका लागि हसन बसिरले एक गोल फर्काए।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा ४ गोल भएङ्को हो। मनविरले ४९औँ र ६९औँ मिनेटमा गोल गर्दै भारतलाई २-० को अग्रता दिलाएका थिए। वैकल्पिक खेलाडी पासीले ८३औँ मिनेटमा भारतका लागि तेस्रो गोल गरे। पाकिस्तानको लागि खेलको अन्त्यतिर बसिरले सान्त्वना गोल फर्काए।

माल्दिभ्सले पहिलो सेमिफाइनलमा नेपाललाई ३-० ले हराउँदै फाइनलमा स्थान बनाएको हो। 

समूह चरणमा भारतले माल्दिभ्सलाई २-० ले पारजित गरेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell