PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

सन्दीप लामिछाने: क्रिकेटबाटै करोडपति



पहिलोपोस्ट

सन्दीप लामिछाने: क्रिकेटबाटै करोडपति

काठमाडौँ : जुन देशमा क्रिकेट 'गभर्निङ बडी' छैन। क्रिकेट संघ आइसीसीको निलम्बनमा छ। राष्ट्रिय टिमका खेलाडीले तलब पाउँदैनन्। त्यो देशको क्रिकेट र क्रिकेटरको हालत कस्तो होला?

अनि यसको लागि धेरै टाढा जानु पनि पर्दैन। गतिलो उदाहरण नेपालमै छ। र यस्तो देशका खेलाडी क्रिकेटबाटै करोडपति भन्दा पक्कै अनौठो लाग्ला।

तर लगातारको मेहनत लगनशिलता आफ्नो प्रतिभा र आफूले गरेको प्रदर्शनका कारण कुनै खेलाडी असाधारण नै हुन्छन्। जस्तो सुकै बाधा अड्चन र परिस्थितिले पनि उसलाई छेक्न सक्दैन र सँधै प्रगतिपथमा अगाडि बढिरेहका छन्।

सन्दीप लामिछाने अर्थात् लिटिल च्याम्प। नेपाली राष्ट्रिय टोलीका युवा स्टार। उनी भर्खरै १८ वर्ष लागे। तर उनले प्राप्त गरेको सफलता र उपलब्धि हेर्ने हो भने सन्दीप टिनएजमै नेपाली क्रिकेटकै सबैभन्दा सफल खेलाडी बनिसके। उनै सन्दीप खेलको पारिश्रमिक बाटै करोडपति बनिसके।

सन्दीपको नेपालको लागि एकदिवसीय लिस्ट ए र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन्। उनले नेपालको लागि टी-२० क्रिकेट अझै खेल्न बाँकी छन्। लिस्ट ए क्रिकेटमा सन्दीपले नेपालका लागि ५० विकेट पूरा गरिसके भने एकदिवसीय अन्तर्राष्ट्रिय उनले नेपालबाट सर्वाधिक ८ विकेट लिइकसकेका छन्।

तर विश्व क्रिकेटमा भने सन्दीपले टी-२० मै आफ्नो गुग्ली सबैमाझ चर्चित बनाइसके।

विश्वकै सबैभन्दा चर्चित, ग्लामरस स्टार खेलाडीहरुको जमघट हुने इन्डियन प्रिमियर लिग, ग्लोबल टी-२० क्यानडा र क्यारेबियन प्रिमियर लिग सन्दीपले खेलिसके। यसै वर्षबाट सुरु हुन लागेको अफगानिस्तान प्रिमियर लिगमा पनि सन्दीप छनोट भइसकेका छन्। यसबीचमा सन्दीपले विश्वकै उत्कृष्ट क्रिकेटरहरुसँग ड्रेडिङ रुम सेयर गरिसके भने विश्वका स्टार खेलाडीहरुको विरुद्धमा पनि खेले।

अफगानिस्तान प्रिमियर लिगमा नान्गरहारले छनोट गरेपछि सन्दीपले ट्वीट गर्दै सफलता साँच्चै मिठो हुने लेखेका थिए।

र सन्दीपले त्यसका लागि धेरै मेहनत समेत गरेका छन्।

टी-२० फ्रेन्चाइज लिगमा सन्दीप छनोट भएको यो चौथोपटक हो। यसअघि नै उनले विश्वका अन्य तीन टी-२० लिग खेलेर आफू कस्तो खेलाडी हो भन्ने प्रमाणित गरिसके।

टी-२० लिग हरुमा उत्कृष्ट खेलेका सन्दीपलाई सिप्रदीले २५ लाख पर्ने टाटा कार पनि दिइसकेको छ।

आइपीएल खेलेपछि सन्दीपलाई विभिन्न क्षेत्रबाट सम्मानको ओइरो नै लागेको थियो।

आइपीएलमा ३ खेल खेल्दै ५ विकेट लिएका सन्दीपले क्यानडाका ५ खेलमा ८ विकेट लिए। यस्तै सीपीएलमा सुरुवाती ५ खेल खेल्न पाएका सन्दीपले ७ विकेट लिए।

 

टी-२० फ्रेन्चाइज लिगमा सन्दीपको पारिश्रमिक र प्रायोजन रकम

आइपीएल : २० लाख भारु (नेरु ३२ लाख)

ग्लोबल टी-२० क्यानडा : ४० हजार अमेरिकी डलर (नेरु ४३ लाख २० हजार

सीपीएल : ५ हजार अमेरिकी डलर ( ५ लाख ४० हजार)

एपीएल : १५ हजार अमेरिकी डलर (१७ लाख २५ हजार)

 

सानिमा बैँक एम्बासडर : ९ लाख ६० हजार (२ वर्षका लागि)

सिप्रदीको टाटा कार : २५ लाख बराबर

 

(नोट : लिगको समयअनुसार डलर नेपालीमा कन्भर्ट गरेर राखिएको हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell