PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

बसुन्धरा भुषाललाई 'सुर्य लाइफटाइम अचिभमेन्ट अवार्ड–२०१८'



पहिलोपोस्ट

बसुन्धरा भुषाललाई 'सुर्य लाइफटाइम अचिभमेन्ट अवार्ड–२०१८'

काठमाडौं :  जापानको टोकियोमा हुने 'सुर्य ईनटरनेशनल अवार्ड–२०१८'मा चारजना कलाकार तथा पत्रकारलाई सम्मान गर्ने भएका छन्।

नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई सुर्य लाइफटाइम अचिभमेन्ट अवार्ड–२०१८ बाट सम्मान गर्ने आयोजक टिमले जनाएको छ। तीन दशकदेखी लगातार फिल्म क्षेत्रमा क्रियाशिल रहेका सदावहार नायक भुवन केसीलाई सुर्य कलाकारिता सम्मान–२०१८ बाट सम्मान गर्न लागिएको हो।

पत्रकार सामिप्यराज तिमिल्सिनालाई सुर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८, श्रीधर पौडेललाई सुर्य फोटो पत्रकारिता पुरस्कार–२०१८ बाट पुरस्कृत गर्न लागिएको हो। सम्मान र पुरस्कार वितरण कार्यक्रम जापानको टोकियोमा रहेको नाकानो जेरोमा हुने आयोजक ‍बासुदेव लामिछानेले बताए।

आगामी आईताबार अवार्ड कार्यक्रम हुनेछ। फिल्मका ६ विधा र गायनका ६ विधागरि १२ विधामा अवार्ड वितरण गरिनेछ। कार्यक्रमका लागि नेपालबाट शुक्रबार ४ दर्जन बढि कलाकारहरु जापान जानेछने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell