PahiloPost

May 16, 2026 | २ जेठ २०८३

कांग्रेसको संसद अवरुद्धपछि कानुनमन्त्रीको जवाफ : भोलि सबै विषयको जानकारी दिइनेछ



पहिलोपोस्ट

कांग्रेसको संसद अवरुद्धपछि कानुनमन्त्रीको जवाफ : भोलि सबै विषयको जानकारी दिइनेछ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै मागेको जानकारीका विषयमा सरकारले भोलि जवाफ दिने भएको छ।

कञ्चनपुरकी निर्मला पन्त बलात्कार र हत्या प्रकरण, रोल्पाका रोहित पुनको हत्या प्रकरण र खोजतलासडटकमका पत्रकारलाई पक्राउ गरेको विषयमा कांग्रेसमा जानकारी गर्दै संसद अवरुद्ध गरेको थियो।

कांग्रेसले संसद अवरुद्ध गरेपछि १० मिनेटका लागि संसद स्थगित भएको थियो। प्रतिनिधिसभाको आजकै बैठकमा कानुनमन्त्री भानुभक्त ढकालले कांग्रेसले उठाएको विषयमा जानकारी गराएका थिए।

कानूनमन्त्री ढकालले घटनामा संलग्न दोषीलाई उचित समयमा कारवाही हुने प्रतिवद्धता व्यक्त गरे। भोलि हुने संसदको बैठकमा सम्बन्धित मन्त्रीहरुले जानकारी दिने उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell