PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

डेटिङ एप्स 'टिन्डर' चलाउँछिन् ज्याकलिन



पहिलोपोस्ट

 डेटिङ एप्स 'टिन्डर' चलाउँछिन् ज्याकलिन

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका प्रेम गसिप कमै सुनिन्छ। लामो समयदेखी उनी आफूलाई सिंगल रहेको बताउँदै आएकी छिन्। उनको मिल्ने साथी सोनम कपुरले हालै बिहे गरिन्।

ज्याकलिनका विषयमा हालै सोनमले मुख खोलेकी छिन्। उनले यतखेरसम्म ज्याकलिन सिंगल रहनुको राज खोलेकी हुन्। उनले भारतीय मिडियामा ज्याकलिनले डेटिङ एप्स 'टिन्डर' चलाउने कुरा बताएकी छन्। साथै भनिन् 'ज्याकलिन यदि तिमी काममा धेरै व्यस्त रहिनौ भने कुनै दिन केटा भेट्छौ।'

उता ज्याकलिनले सोनमले बिहे नगरेको भए आफूहरुले एकसाथ टिन्डर चलाउने बताइन्। ज्याकलिनले हालै मिडियामा टिन्डर चलाउन थालेको कुरा स्वीकारेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell