काठमाडौं : नेकपा क्रान्तिकारी माओवादीको चुनावी मोर्चा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल सीमा अतिक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन गरेको छ।
मोर्चाले भारत र नेपाल सरकार विरुद्ध प्रदर्शन गर्दै कोणसभा गरेको हो। सुनधाराबाट सुरुभई न्यरोड गेटहुँदै असनबाट भित्रिएर इन्द्रचोकमा पुगी कोणसभामा परिणत भएको थियो।
लिम्पियाधुरा तथा कालापानी नेपालको नक्साबाट हटाई नेपालका सरकारी कार्यालयहरुमा नक्कली निशान छाप तथा नक्कली नक्साहरु झुण्ड्याउन लगाएको, भारतीय सुरक्षकर्मीहरुले दिनदिनै नेपालका सीमास्तम्भहरु सारिरहेको, दशगजा सीमा अतिक्रमण गरिरहेको, सीमाक्षेत्रमा रहेका आम नेपाली जनता सीमा अतिक्रमणका विरुद्ध लडिरहेकाले देशभरका देशभक्त, प्रगतिशील तथा वामपन्थी अग्रगामी शक्तिहरुसहित सिङ्गो पार्टी पङ्क्ति र आम जनसमुदायलाई सीमा सुरक्षा र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सङ्घर्ष आवश्यक रहेको मोर्चाका अध्यक्ष सपी गजुरेलले बताए।
प्रधानमन्त्री बने लगत्तै ओलीले भारत भ्रमण गरी सन् १८१६ को सुगौली सन्धिदेखि भए गरिएका सबै असमान सन्धिसम्झौताहरु कार्यान्वयन गर्ने सहमति गरेर फर्किएको मोर्चाले आरोपसमेत लगाएको छ।