PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

नेपाल–भारत सीमा समस्या समाधान गर्न आगामी साता बैठक बस्दै, राष्ट्रिय हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको निर्देशन



पहिलोपोस्ट

नेपाल–भारत सीमा समस्या समाधान गर्न आगामी साता बैठक बस्दै, राष्ट्रिय हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको निर्देशन
नेपालको सीमाबारे राजधानीमा प्रदर्शन गर्दै नेकपा क्रान्तिकारी माओवादी। तस्बिर : समर्थ रञ्जित/पहिलोपोस्ट

काठमाडौं : नेपाल–भारतको सीमा समस्या समाधानका लागि आगामी साता संयुक्त कार्यदलको बैठक बस्दैछ। नेपाल–भारतबीच दुवै मुलुकको नापी विभागको नेतृत्वमा गठन गरिएको कार्यदलको बैठक काठमाडौंमा बस्न लागेको हो।

उक्त बैठकको तयारीका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको छलफलमा नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल–भारतबीचको सीमा समस्या समाधान गर्न निर्देशन दिएका छन्। 

दुई मुलुकबीचको सीमा समस्या समाधान गर्न हालसम्म प्राप्त ऐतिहासिक तथ्य र नक्सालाई मुख्य आधार बनाउन नापी विभाग नेतृत्वको कार्यदललाई प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्। 

बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा छलफलका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सीमाको एकिन गर्न सीमा क्षेत्रमा रहेका दुवै मुलुकका सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गर्न पनि निर्देशन दिए।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको हितलाई केन्द्रमा राखेर दुई मुलुकबीचको सीमा समस्या समाधानका लागि आवश्यक पहलकदमी लिन प्रधानमन्त्री ओलीले निर्देशन दिएको बताए। 

बैठकमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, सुरक्षा निकायका प्रमुखहरु, नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्ट लगायतको सहभागिता रहेको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell