PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

विश्व सिनियर जुडो च्याम्पियनसिपमा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने



पहिलोपोस्ट

विश्व सिनियर जुडो च्याम्पियनसिपमा पाँच नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने
फोटो : राखेप

काठमाडौँ : अजरबैजानको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।

सेप्टेम्बर २० देखि २७ तारिखसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

पुरुष ९० केजीमुनि रविन श्रेष्ठ, ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र ६० केजीमुनि मोहन बम रहेका छन्। महिलामा मनीता श्रेष्ठ प्रधानले ५७ केजीमुनि र फुपुल्हामु खत्रीले ६३ केजीमुनि प्रतिस्पर्धा गर्नेछन्।

प्रशिक्षकमा मनोजबहादुर केसी र व्यवस्थापकमा प्रमोदप्रसाद नेपाल छन्। आईजेएफ एजुकेसन एन्ड कोचिङ कमिसनका सदस्य समेत रहेका नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य पनि बाकु जाने छन्। वज्राचार्य शुक्रबार जाँदैछन् भने बाँकी टोली सेप्टेम्बर १७ तारिखमा जाने कार्यक्रम छ।

अजरबैजान जाने नेपाली जुडो टोलीलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले त्रिपुरेश्वरमा बिदाइ गरे।

दुई खेलाडी फुपु र मोहन हाल क्रमशः जापान र अस्ट्रेलियामा रहेकाले उनीहरु उतैबाट बाकु जाने जुडो संघले जनाएको छ। मोहन बाहेक सबै खेलाडीले यसै महिना इन्डोनेसियामा सम्पन्न १८औं एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell