PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

हरिवंश गाउँछन् 'जे भनेनी हुन्छ मलाई'



पहिलोपोस्ट

 हरिवंश गाउँछन् 'जे भनेनी हुन्छ मलाई'

काठमाडौं : मह संचारले नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ। हास्य कलाकार एवंम गायक हरिवंश आचार्यको स्वरमा 'जे भनेनी हुन्छ मलाई' बोलको गीतको भिडियो सार्वजनिक भएको हो। हरिवंश कै शब्द तथा संगीत समावेश गीतको भिडियोमा उनी आफै फिचर्ड छन्।  

गीतमा मादल, गीतार, बाँसुरी, सारङ्गीको प्रयोग पाइन्छ। मादलमा जीवित जल्मी, गीतारमा अन्तज नकर्मी, बाँसुरीमा रबिन्द्र महर्जन र सारङ्गीमा हेमन्त कान्छा रसाइलीले हरिवंशलाई साथ दिएका छन्।

 सुदन केसीको निदेशनमा बनेको गीतको भिडियोलाई जीवन थापाले सम्पादन गरेका हुन्। भिडियोमा दीर्घ गुरुङले छायाँकन रहेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell