PahiloPost

Apr 7, 2026 | २४ चैत्र २०८२

सस्तोमा बिशेषज्ञ सेवा : भोला रिजालको ओपिडिमा बिरामीको भिड



पहिलोपोस्ट

सस्तोमा बिशेषज्ञ सेवा : भोला रिजालको ओपिडिमा बिरामीको भिड

काठमाडौँ : ओम अस्पताल छाडेर नेपाल मेडिकल कलेज अत्तरखेलमा सेवा सुरु गरेका बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. भोला रिजालको ओपिडिमा बिरामीको भिड लाग्न थालेको छ। सस्तोमा गुणस्तरीय सेवा पाउने भएपछि बिरामीहरुको भिड नेपाल मेडिकल कलेज जोरपाटीमा लागेको हो।

डा. रिजाललाई स्वास्थ्य उपचार गराउन स्वदेश तथा बिदेशदेखि बिरामी नेपाल मेडिकल कलेज जोरपाटी आएका छन्। रिजालले एक हप्ता अगाडी मात्रै ओम अस्पताल छाडेको घोषणा गरेका थिए। ओम छाडेसंगै शिक्षण अस्पतालमा सेवा सुरु गरेका उनले गरिव तथा विपन्न नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा दिने बताएका छन्।

महँगो उपचार सेवा दिदै आएको ओम अस्पताल छाडेर नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा सुरु गरेका डा. रिजालमार्फत उपचार गराउने बिरामीको भिड लाग्न थालेको छ। अस्पतालको तुलनामा शिक्षण अस्पताल आफैँमा सस्तो हुन्छ।

सस्तोमा बिशेषज्ञ सेवा र रोजेको डाक्टर पाउने भएपछि आफु इलामबाट नेपाल मेडिकल कलेजमा स्वास्थ्य परिक्षणका लागि आएको हिरा शर्माले बताइन्। 'ओममा सेवा महँगो छ, बाध्यताले डा. रिजाललाई देखाउनु पर्थ्यो। अब सस्तोमा त्यो पनि गुणस्तरीय सेवा पाइएको छ।' उनले थपिन्। '१ लाख रुपैयाँ लाग्ने अपरेशन ३० हजारमा भएको छ।', यसले पनि गरिब तथा विपन्न नागरिकलाई राहत हुने उपचारमा आएकी शर्माले भनिन्।

 

हङकङमा ठिक नभएपछि एनएमसीमा

हङकङमा ६ पटक स्वास्थ्य जाँच गराउँदा पनि रोग पत्ता नलागेपछि गीता श्रेष्ठ डा. रिजाललाइ देखाउँन नेपाल मेडिकल कलेज जोरपार्टी पुगिन्। उनलाई महिनावारी गडबढी लगायत अन्य समस्या थियो। उनले ६ पटक भिडियो एक्सरे गर्दा पनि चिकित्सकले रानेग पत्ता लगाउन नसकेपछि आफु रिजालकोमा आएको बताइन्। एक हप्ताको बिदामा आएकी श्रेष्ठले आफुन्तहरुबाट रिजालबारे जानकारी लिएकी थिइन्।

 

५० हजारको अपरेशन ८ हजारमा

डा. रिजालले नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा सुरु गरेसंगै बिरामीलाई उपचारमा भारी सहुलीयत हुने भएको छ। ओममा ५० हजार पर्ने अपरेशन शिक्षण अस्पतालमा रिजालले ८ देखि २० हजार सम्ममा गर्नेछन्। त्यस्तै ५ सय ओपिडि टिकट ओममा रहेकोमा अब एनएमसीमा २५ रुपैया रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell