PahiloPost

Jan 14, 2026 | १ माघ २०८२

हत्याको ५० औं दिनको दिन निर्मलाका बाबुआमाको एउटै स्वर : न्याय नभए, हान्देउ गोली



पहिलोपोस्ट

हत्याको ५० औं दिनको दिन निर्मलाका बाबुआमाको एउटै स्वर : न्याय नभए, हान्देउ गोली

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफूलाई राष्ट्र न्याय दिन नसके गोली हानेर मार्न माग गरेकी छिन्। 

निर्मलाको हत्यारा पत्ता लगाउन माग गर्दै काठमाडौँ आएकी निर्मलाकी आमाले बिहीवार पत्रकार सम्मेलन गर्दै राज्यले न्याय दिन नसके गोली हानेर मार्न माग गरेकी हुन्। निर्मलाकी आमाले भनिन, 'हामीलाई झुलाएर नफर्काइदिनु होला। न्याय दिन सक्नु हुँदैन भने गोली हानेर मार्दिनुहोस्। म मर्न पनि तयार छु।'

उनले प्रधानमन्त्री र राष्ट्रपति काठमाडौंमै भएकाले न्याय माग्न आएको समेत बताइन्। निर्मलालाई आफ्नै छोरी सम्झेर न्याय दिलाउनसमेत उनले माग गरिन्। 'राष्ट्रपति महिला हुनुहुन्छ, आमा पनि हुनुहुन्छ। उहाँकी छोरी भए के हुन्थ्यो? आफ्नो छोरी सम्झेर न्याय दिनु होला।'

पन्तका बुबा यज्ञराजले पनि आफ्नो शङ्काको घेरामा रहेका बम दिदी बहिनीको मनोबल प्रधानमन्त्रीले बढाइदिएको आरोप लगाए। उनले रुँदै भने, 'सरकारले बबिता बमलाई उल्टै सहयोग गर्दैछ। उनीहरूको मनोबल प्रधानमन्त्रीले तगडा बनाइदिएको छ।' 

त्यस्तै प्रहरीले घटनास्थलको प्रमाण मेटाउने समेत काम गरेको बताए। उनले प्रश्न गरे 'के म नेपाली नागरिक होइन? प्रमाण नष्ट गर्ने प्रहरीलाई बाहिर छोडेको छ? 

वास्तविक हत्याराको ढाकछोप गर्न सरकार लागेकोले आफूलाई गोली हानेर मार्न समेत माग गरे उनले। उनले भने, 'किन ढाकछोप भएको छ? होइन भने हामीलाई पनि मार्दिनुपर्योल।' 

गत साउन ११ गते कञ्चनपुरमा १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। न्यायको खोजीमा उनका बावु/आमा अहिले काठमाडौंमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell