PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

गहभरि आँसु पार्दै निर्मलाकी आमा दुर्गाले मण्डलामा बालिन् मैन, हत्यारा खोज्न देशव्यापी दबाब जारी

गहभरि आँसु पार्दै निर्मलाकी आमा दुर्गाले मण्डलामा बालिन् मैन, हत्यारा खोज्न देशव्यापी दबाब जारी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : कञ्चनपुरमा भएको बलात्कार र हत्याको विषयमा न्याय नपाएपछि काठमाडौं आएका निर्मला पन्तका बाबु र आमा आज साँझ माइतीघर मण्डलामा पुगे। उनीहरुसँगै केही न्यायको माग गर्दै मैनवत्ती बाल्न यहाँ आइपुगेका थिए।

माइतीघर मण्डलामा उपस्थितहरुले मैनवत्ती बाले। हत्याको ५० दिन पुगिसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन। देशव्यापी रुपमा न्यायका लागि दवाव दिनेक्रम बढेको बेला आज एउटा समूहले माइतीघरमा मैनवत्ती बालेको थियो। आँखभरी आँशु टल्पल्याउँदै निर्मलाकी आमा दुर्गादेवी र बाबु यज्ञराजले पनि मैन सल्काए।

आगामी शनिवार यहीँ न्यायका लागि प्रदर्शनको कार्यक्रम आयोजना हुँदैछ।

हेर्नुस् माइतीघरको दृश्य :


ट्रेन्डिङ पोस्ट

Ncell