PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

फ्राइडे रिलिजमा 'साली कस्को भेनाको’सँगै दुुई विदेशी फिल्म



पहिलोपोस्ट

फ्राइडे रिलिजमा 'साली कस्को भेनाको’सँगै दुुई विदेशी फिल्म

काठमाडौं : यो साता शुक्रबार नेपाली फिल्म 'साली कस्को भेनाको’ प्रदर्शनमा आएको छ। भद्र भुजेल निर्देशित फिल्मले सोलो रिलिज पाएको हो। फिल्ममा विल्सन विक्रम राई, बुद्धी तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बीरेन श्रेष्ठ, पुष्प आचार्य लगायतको अभिनय रहेको छ।

प्रसाद श्रेष्ठको प्रस्तुति रहेको फिल्ममा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत, दीर्घ गुरुङको छायाँकन, बनिष शाहको सम्पादन रहेको छ। फिल्म मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको हो।

यो साता बलिउड फिल्म 'मनमर्जियाँ' प्रदर्शनमा आयो। अनुराग काश्यपको निदर्शनमा बनेको फिल्ममा अभिनेता अभिषेक बच्चन, विक्की कौशल, तापसी पन्नू, लगायतको अभिनय छ। फिल्म रोमान्स विधामा बनेको छ।

त्यस्तै हलिउड फिल्म 'द प्रेडाटर' पदर्शनमा आएको अर्को फिल्म हो। सेन ब्ल्याकको निर्देशित फिल्म एक्सन विधामा बनेको छ। फिल्ममा ओलिभिया, मन स्टर्लिङ के. ब्राउन लगायतको अभिनय छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell