PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

साफ महिला च्याम्पियनसिप : नेपाल, बंगलादेश, पाकिस्तान र भुटान समूह ए मा



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसिप : नेपाल, बंगलादेश, पाकिस्तान र भुटान समूह ए मा

काठमाडौं : महिला साफ च्याम्पियनसिपको ड्र सार्वजनिक भएको छ। बंगलादेशको ढाकामा बिहीबार सार्वजनिक गरिएको ड्र अनुसार नेपाल समूह 'ए' मा परेको छ।

नेपाल रहेको समूहमा बंगलादेश, पाकिस्तान र भुटान छन्। यस्तै समूह बी मा भारत, माल्दिभ्स र श्रीलंका छन्।

ढाका भइहेको पुरुष साफ च्याम्पियनसिपमा पनि नेपालको समूहमा यही तीन टोली परेका थिए।

दुवै समूहको समूह विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउने छन्।

आगामी १४ डिसेम्बर देखी २३ डिसेम्बरसम्म हुने महिला साफ च्याम्पियनसिपको खेल स्थल भने तय हुन बाँकी छ। च्याम्पियनसिपको खेल तालिका पनि सार्वजनिक भएको छैन।

नेपालले अहिलेसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन।

 

साफ यू-१५ पुरुष च्याम्पियनसिप

यस्तै बिहीवारै साफ यू-१५ पुरुष च्याम्पियनसिपको ड्र पनि गरिएको छ। ढाका भएको ड्र अनुसार नेपाल कठिन समूहमा परेको छ।

नेपाल रहेको समूह 'ए' मा बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्। यस्तै समूह 'बि' मा भारत, भुटान र श्रीलंका रहेका छन्।

दुवै समूहको समूह विजेता र उपविजेता टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यू–१५ साफ च्याम्पियनसिप आगामी अक्टोबर २५ देखी नोभेम्बर ३ तारिख सम्म नेपालमा आयोजना हुनेछ। च्याम्पियनसिप ललितपुरस्थित एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell