PahiloPost

May 16, 2026 | २ जेठ २०८३

यू-१९ एकदिवसीय सिरिज : भारतको 'ए' टिमविरुद्ध सन्दिप जोराको ६६ रन, नेपाल १५६ रनमा अलआउट



पहिलोपोस्ट

यू-१९ एकदिवसीय सिरिज : भारतको 'ए' टिमविरुद्ध सन्दिप जोराको ६६ रन, नेपाल १५६ रनमा अलआउट

काठमाडौँ : बीसीसीआईको आयोजनामा लखनउमा भइरहेको यू-१९ क्वाड्राङगुलर एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले भारतको यू-१९ ए टिमसँग खेलिरहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई १५७ रनको लक्ष्य दिएको छ। नेपालले ४५.५ ओभरमा सबै विकेट गुमाएर १५६ रन बनाएको हो। नेपालको लागि सन्दिप जोराले सर्वाधिक ६६ रन बनाए। सन्दीपकै अर्धशतक तथा ‌ओपनर तृत राज दासको ४६ रन मद्दतमा नेपालले इनिङ्स उकासेको हो।

२३ ओभरमा ३ विकेट गुमाएको अवस्थानमा तृत र सन्दिपले चौथो विकेटका लागि ६९ रनको सेझदारी गरे। तृत आउट भएपछि सन्दिपले पाँचौ विकेटका लागि भिम शार्कीसँग ५१ रनको साझेदारी गरे।

नेपालको लागि सन्दिपले ९३ बल खेल्दै ५ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६६ रन बनाए। तृत राजले ४६ तथा भिम शार्कीले २८ रन जोडे। यी तीन बाहेक अन्य खेलाडीले दोहोरो अंक समेत छुन सकेनन्।

नेपाललाई अलआउट गर्न भारतका वाई डी मङ्गवानी र अजय देव गौउडले ४-४ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell