PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

'टुँडिखेलमा गोल पोष्ट ठडाइयो, केही दिनमै खेल्न योग्य हुने'



पहिलोपोस्ट

'टुँडिखेलमा गोल पोष्ट ठडाइयो, केही दिनमै खेल्न योग्य हुने'

काठमाडौँ : नजिकैको दशरथ रंगशाला तीन वर्ष देखि अलपत्र रहँदा नेपाली फुटबल धेरै पछि धकेलियो। यसबीचमा नेपालमा लिग पनि हुन सकेन।

झण्डै ५ वर्षपछि हुन लागेको ए डिभिजन लिगका लागि एन्फाले काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर टुँडिखेलमा ४ वटा खेल मैदान बनाउने निर्णय गरेको थियो। त्यसैअनुसार शुक्रवार टुँडिखेलमा गोलपोष्ट राख्ने काम भएको छ।

अब काठमाडौँका ए डिभिजन क्लबहरुले त्यहाँ प्रशिक्षण गर्न सक्नेछन।

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले टुँडिखेल मैदानमा गोल पोष्ट राख्न सुरु गरेको जनउँदै फेसबुकमा लेखेका छन्, 'आज टुँडिखेलमा गोल पोस्ट राख्ने कार्यको थालनी भयो । केहि दिनमा खेल्न उपयुक्त हुनेछ ।'

एन्फाले राजधानीका ‘ए’ र ‘बी’ डिभिजनका क्लबहरुलाई लक्षित गर्दै चार वटा फुटबल मैदान बनाउने काम अघि बढाएको हो ।

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell