PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

'इन्टु मिन्टु लण्डनमा'को प्रचार अस्त्र पोस्टर



पहिलोपोस्ट

'इन्टु मिन्टु लण्डनमा'को प्रचार अस्त्र पोस्टर

काठमाडौं : फिल्म 'इन्टु मिन्टु लण्डनमा' प्रदर्शनको तयारीमा छ। निर्माण टिमले फिल्मको प्रचार तिव्र पारेको छ।

असोज ५ गतेदेखी प्रदर्शनमा आउने फिल्मको पोस्टर हालै सार्वजनिक भयो। फिल्मका दुई पोस्टरमा फिल्मका मुख्य कलाकार फिचर्ड छन्। पहिलो पोस्टरमा अभनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह र नव अभिनेता धिरज मगर अटाएका छन्। अर्को पोस्टरमा फिल्मका अन्य कलाकार फिचर्ड छन्।

कोरियोग्राफर रेनशा बान्तवा राईले फिल्मलाई निर्देशन गरेकी हुन्। फिल्ममा प्रज्वल समशेर जबरा र रेनशाको कथा रहेको छ। रोमान्टिक लभस्टोरी विधामा बनेको फिल्ममा साम्राज्ञी र धिरजसँगै सारुक ताम्राकार, विजय लामा, सुनिता ठकुरी श्रेष्ठ लगायतको अभिनय छ।

यस फिल्मको छायाँकन नेपाल र युकेमा भएको थियो। आभास कर्माचार्यको संवाद रहेको फिल्ममा शैलेन्द्र धोज कार्कीको छायाँकन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell