PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

'बाँध मायाले'को गीतमा अटाएनन् आर्यन



पहिलोपोस्ट

'बाँध मायाले'को गीतमा अटाएनन् आर्यन

काठमाडौं: फिल्म 'बाँध मायाले' टिमले फिल्मको प्रचार थालेको छ। प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले फिल्मको नयाँ गीतको भिडियो सार्वजनिक गरेको छ।

अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको 'सँग सँगै'बोलको गीतमा सुगम पोख्रेल र अन्जु पन्तको स्वर रहेको छ। गीतको भिडियोमा अभिनेत्री सृष्टि श्रेष्ठ र किशोर खड्का फिचर्ड छन्।

भिडियोमा फिल्मका मुख्य अभिनेता आर्यन अधिकारी भने देखिएनन्। सवीर श्रेष्ठ निर्देशित फिल्ममा सृष्टि, किशोर र आर्यनसँगै राजाराम पौडेल, विशाल चाम्लिङ, रविन्द्र प्रताप सेन लगायतको अभिनय छ। असोज ५ गतेदेखी प्रदर्शनमा आउने फिल्ममा अर्जुन पोखरेलको संगीत, कविराज गहतराज, रामजी लामिछानेको कोरियोग्राफी, बाबु श्रेष्ठको छायाँकन र रोशन श्रेष्ठको द्वन्द रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell