PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

फेरि पनि अदालतबाट निस्किनासाथ पक्राउ परे प्रकाण्ड



पहिलोपोस्ट

फेरि पनि अदालतबाट निस्किनासाथ पक्राउ परे प्रकाण्ड

काठमाडौँ : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) लाई रिहा गर्न आदेश दिए लगतै पुनःपक्राउ परेका छन्। शुक्रवार प्रहरीले अदालत परिसरबाट बाहिरिँदै गर्दा विकलाई पक्राउ गरेको हो।

गत साउन २२ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विकलाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो। त्यसपछि नेता विकलाई अदालतले रिहा गर्न आदेश दिए पनि विभिन्न अभियोगमा पक्राउ पर्दै आएका छन्। पक्राउ गरी उदयपुर पठाइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए।

२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell