PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पहिरोले कालिगण्डकीको शाखा नदी थुनियो, बाग्लुङ र गुल्मीमा 'हाइ अलर्ट' को स्थिति



पहिलोपोस्ट

पहिरोले कालिगण्डकीको शाखा नदी थुनियो, बाग्लुङ र गुल्मीमा 'हाइ अलर्ट' को स्थिति

काठमाडौँ : कालिगण्डकीको प्रमुख शाखा नदी बढीगाड थुनिएपछि बाग्लुङ र गुल्मीमा अति उच्च सतर्कता अपनाउन बिहान २ बजे बाढी पूर्वानुमान शाखाले सूचना जारी गरेको छ। 

बागलुङ जिल्ला-ढोरपाटन नगरपालिका-तुरतुरे भन्ने स्थानमा राति करिब साढे १२ बजे पहिरो गई नदी थुनिएको हो। कालिगण्डकी दोभानसम्म- बागलुङ र गुल्मि जिल्लाको तटीय क्षेत्रमा अति उच्च सतर्कताको लागि शाखाले अपिल गरेको हो।

बढिगाड खोलाका सतर्कता अपनाउनुपर्ने तटीय क्षेत्रका गाउँपालिका/नगरपालिकाहरुमा बाग्लुङतर्फ ढोरपाटन नपा, निसिखोला गापा, बढिगाड गापा पर्छन्। 

त्यस्तै गुल्मीतर्फ मुसिकोट नपा, चन्द्रकोट गापा, छत्रकोट गापा, रुरु गापा, सत्यवती गापा पर्छन्। 

मुख्य बजारहरुमा बुर्तिबाङ, भिमगिठ्ठे, मझुवा, चोरकाटे,खैरेनी र रुद्रबेनी पर्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell