काठमाडौं : बाग्लुङमा बढीगाड खोला थुनिएर बनेको तालबाट पानी निकास सुरु भएको छ। नेपाल बाढी सूचना केन्द्रले निकास सुरु भए पनि जोखिम टरिनसकेको जनाएको छ। 'पूरै जोखिम नटरिसकेकाले अर्को सूचना जारी नहुँदासम्म कालीगण्डकी दोभानसम्म सतर्कता कायमै राखौं,' केन्द्रले भनेको छ।
आजबाट पानी पर्न कम हुने भएकाले आगामी दिन दिन ठूला र मझौला नदीमा बढी जोखिम नहुनेसमेत बताइएको छ।
काठमाडौँ : कालिगण्डकीको प्रमुख शाखा नदी बढीगाड थुनिएपछि बाग्लुङ र गुल्मीमा अति उच्च सतर्कता अपनाउन बिहान २ बजे बाढी पूर्वानुमान शाखाले सूचना जारी गरेको छ।
ढोरपाटन नगरपालिकाको तुरतुरेमा राति करिब साढे १२ बजे पहिरो गई नदी थुनिएको थियो। कालिगण्डकी दोभानसम्म - बागलुङ र गुल्मी जिल्लाको तटीय क्षेत्रमा अति उच्च सतर्कताको शाखाले अपिल गरेको थियो।
सुख्खा पहिरोले नदी थुनिएको थियो। त्यसले १.५ किलोमिर लम्बाई र एक सय मिटर गहिरो ताल बनाएको थियो। तालमा परी ३ वटा घर र गोठ प्रभावित भएको छ। बिहान पौने बजेदेखि पानी बग्न शुरु गरेको हो।