PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स आज भिड्दै



पहिलोपोस्ट

साफ च्याम्पियनसिपको उपाधिका लागि भारत र माल्दिभ्स आज भिड्दै

काठमाडौं : बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिपको उपाधिका लागि आज भारत र माल्दिभ्स भिड्दैछन्।

समूह चरणमै एकआपसमा भिडेका यी दुई टोली दोस्रो पटक भिड्न लागेका हुन्।

फाइनल खेल ढाकास्थित बंगबन्धु रंगशालामा नेपाली समयअनुसार बेलुका ६:४५ बजे सुरु हुनेछ।

साविक विजेता समेत रहेको भारतले सेमिफाइनलमा पाकिस्तानलाई ३-१ ले पराजित गरेको थियो। उता समूह चरणका कुनै गोल नगरी सेमिफाइनल पुगेको माल्दिभ्सले भने नपाललाई ३-० ले पारजित गरेको थियो।

त्यसअघि समूह बी मा भारत र माल्दिभ्स भिडेका थिए। जहाँ भारतको यू-२३ टोलीले माल्दिभ्सको सिनियर टोलीलाई २-० ले पारजित गरेको थियव। भारत समूह बी को विजेता तथा माल्दिभ्स समूह बी को उपविजेता हुँदै अन्तिम चारमा पुगेको थियो।

माल्दिभ्स समूह चरणमा भारतसँग बेहोरेको हारको बदला लिने दाउमा समेत हुनेछ।

सिनियर टोली एसिया कपका लागि तयारीमा व्यस्त रहेकाले भारतले यू-२३ टोली बंगलादेश पठाएको थियो। तैपनी भारतीय टोली उत्कृष्ट खेलिरहेको छ।

साफको सर्वाधिक सफल टोली भारतले अहिलेसम्म ७ पटक उपाधि जितसकेको छ भने माल्दिभ्सले एक पटक उपाधि जितेको छ।

भारत र माल्दिभ्स सन् २००९ को फाइनलमा भिडेका थिए। जहाँ भारतले पेनाल्टी सुटआउटमा जित हात पारेको थियो। त्यसअघि २००८ मा भारतलाई नै हराउँदै माल्दिभ्स पहिलो पटक च्याम्पियन बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell