PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

तीन वर्षको अध्ययनपछि नायिका सोबिताको उपन्यास



पहिलोपोस्ट

तीन वर्षको अध्ययनपछि नायिका सोबिताको उपन्यास

काठमाडौं : नायिका तथा मोडल सोबिता सिम्खडाले उपन्यासमार्फत् आख्यानमा पाइला सारेकी छिन्। एक दर्जन नेपाली चलचित्र, दुई दर्जन म्युजिक भिडियोमा अभिनय तथा टेलिभिजन कार्यक्रम संचालिकासमेत रहेकी उनको उपन्यास वराङ्गना बुलबुल पब्लिकेशनले बजारमा ल्याउँदैछ।

धादिङको गुम्दीमा जन्मिएकी सिम्खडाले गाउँको सेरोफेरो, कथित उपल्लो र तल्लो जातिबीचको विभेद, प्रेम, राजनीति, सामाजिक कुरीति जस्ता विषयवस्तुहरु समेटेर उपन्यास तयार गरेकी हुन्।

दर्शनशास्त्रमा स्नातकोत्तर सोबिताले उपन्यास लेखनमा तीन वर्ष समय खर्च गरेर मात्रै यो पुस्तक बजारमा ल्याउन लागेकी हुन्। एक साताअघि पुस्तकको भिडियो प्रोमोसमेत सार्वजनिक गरिएको थियो। काठमाडौं र ललितपुरमा छायाँकन गरिएको प्रोमोमा नायिका तथा लेखक सिम्खडा आफैंले अभिनय गरेकी छिन्। प्रोमोमा पुस्तकको एक अंश रेडियोकर्मी अच्युत घिमिरेले वाचन गरेका छन्।
 
केही समय फिल्मबाट बाहिर रहेकी उनी यतिखेर उपन्यासको प्रचारमा सक्रिय छिन्। असोज ५ गते उपन्यास सार्वजनिक हुँदैछ। 

सिम्खडा ओशो अनुयायी हुन्। ओशो सन्यासी भएकै कारण पनि साहित्य सृजनामा थप बल पुगेको सोबिताको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell