काठमाडौं : प्रहरीले स्रोत नखुलेको रकम सहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले शुक्रवार ज्याठाबाट नियन्त्रणमा लिएको हो। प्रहरीले नियन्त्रणमा लिएका मध्ये एक ४९ वर्षीय महिला र पुरुष रहेका छन्। उनीहरूको साथबाट प्रहरी पचास लाख रुपैयाँ समेत बरामद गरेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए। उनीहरूको थप अनुसन्धान भइरहेको छ।