PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

गृहमन्त्रीविरुद्ध गगनको कडा प्रश्न : क्षमता र सोचमै बादल लागेका गृहमन्त्री किन चाहियो?



पहिलोपोस्ट

गृहमन्त्रीविरुद्ध गगनको कडा प्रश्न : क्षमता र सोचमै बादल लागेका गृहमन्त्री किन चाहियो?
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सासंद गगन थापाले गृहमन्त्री रामबहादुर थापाको क्षमता र सोच माथि नै प्रश्न उठाएका छन्।  
शनिवार प्रतिनिधिसभामा बोल्दै सांसद थापाले सोच र क्षमता दुवैमा 'बादल लागेका' गृहमन्त्री चाहिँदैन भन्दै गृहमन्त्रीको आलोचना गरे। 

गगनले भने, 'निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरुलाई आफ्नै संयन्त्र लगाएर जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामात्र होइन सोचमा पनि बादल लागेको उनको आरोप थियो। 'सोच र क्षमता दुवैमा बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र?,' थापाको प्रश्न थियो। 

नेता थापाले गृहमन्त्रीप्रति कटाक्ष गर्दै चर्को आलोचन गरे। उनले भने, 'ठूलो माछा पक्रन सक्नु भएन हामी बोलेनौं। कामचोर व्यवसायीलाई कानुन नै नबनाई पक्रनुभयो र आफैँ छोड्नु भयो, हामी बोलेनौं। डाक्टर भोजराजलाई ट्रामा सेन्टरबाट उठाउनुभयो, हामी बोलेनौं। लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, हामी बोलेनौं। पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो, हामी बोलेनौं। हामीलाई लाग्यो गृहमन्त्री मान्छे बादल ठीकै हो। क्षमतामा केही बादल लागेको मात्र हो। तर, हिजो हामी बोल्यौं। उहाँ पनि बोल्नुभयो।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell