PahiloPost

May 16, 2026 | २ जेठ २०८३

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु



पहिलोपोस्ट

‘ग्रासरुट’ फुटबल कार्यक्रम ४५ जिल्लामा शुरु
सप्तरी जिल्लामा ग्रासरुट फुटबलको उद्घाटन, फोटो : एन्फा

काठमाडौँ : तल्लो तहदेखि नै फुटबल खेलको विकास गर्ने उद्देश्यले आजदेखि ४५ जिल्लामा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु भएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सहयोगमा शुरु गरिएको सो कार्यक्रममा ६ देखि १३ वर्षसम्मका बालबालिका सहभागी हुने एन्फा प्रवक्ता किरण राईले जानकारी दिए।

‘ग्रासरुट’ फुटबल कार्यक्रमअन्तर्गत खेलाडीले खेल्ने फुटबल नियम लागू हुँदैन। बालबालिकालाई मनोरञ्जनात्मक तरिकाले फुटबल खेल्न सिकाइन्छ। “सानै उमेरमा एकआपसमा चिनजान तथा घुलिमिल हुने वातावरणका साथै खेलको विकास गर्न हामीले अभियान शुरु गरेका हौँ”, एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने, “सानै उमेरका उत्कृष्ट खेलाडी गर्नु अभियानको अर्को लक्ष्य हो।”

अभियान शुरु गरेर मात्र नहुने भन्दै उनले निरन्तरता दिन अर्को वर्षदेखि यसलाई वार्षिक क्यालेन्डरमा राखेर अघि बढाउने योजना एन्फाको रहेको बताए। अभियानलाई विस्तार गरी अर्को वर्षदेखि ७७ जिल्लामै लागू गर्ने एन्फाको तयारी छ।

एन्फाले ग्रासरुट फुटबल गतिविधि सञ्चालन र मैदानको मर्मतलगायत कार्य गर्न ४५ वटै जिल्ला फुटबल सङ्घलाई आर्थिक सहयोग र खेलकूद सामग्री प्रदान गरिसकेको छ। खेल सञ्चालनका लागि एन्फाले सुगम जिल्लाका लागि पाँच लाख नगद तथा एक लाख मूल्य बराबरको खेलकूद सामग्री र दुर्गम जिल्लाका लागि रु १० लाख नगद तथा  एक लाख मूल्य बराबरको खेल सामग्री सम्बन्धित जिल्ला सङ्घका पदाधिकारीलाई उपलब्ध गराइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell