
काठमाडौँ : ‘स्व प्रमोद बज्राचार्य राष्ट्रिय सेवा सम्मान’बाट नेपाली राष्ट्रिय टोलीका अलराउन्डर क्रिकेट खेलाडी करण केसी सम्मानित भएका छन्।
नेपाल क्रिकेट समर्थक समाजद्वारा आज आयोजित कार्यक्रममा उनलाई एक लाख राशिको उक्त सम्मानबाट सम्मानित गरिएको हो।
गत फागुनमा नामिबियामा सम्पन्न डिभिजन–२ मा क्यानाडाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई महत्वपूर्ण जित दिलाएको भन्दै समाजले उनलाई सो सम्मान प्रदान गरेको हो।
गत फागुनमा क्यानाडाविरुद्ध भएको एक विकेटको जितले नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको थियो। विश्वकप छनोटबाट नेपालले ऐतिहासिक एक दिवसीय राष्ट्रको मान्यता पाएको थियो। करणले क्यानडाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै अविजित ४२ रन जोडेका थिए।
समाजले आफ्ना पूर्वकोषाध्यक्ष स्व प्रमोद बज्राचार्यको सम्झनामा यो पुरस्कार स्थापना गरेको हो।
यसैगरी स्व प्रमोद बज्राचार्य एनसीएसएस राष्ट्रिय सम्मान हरि चौहानलाई प्रदान गरिएको ५। सो वापत उनलाई नगद २५ हजार प्रदान गरियो।