PahiloPost

May 16, 2026 | २ जेठ २०८३

'निर्मलाका निम्ति न्याय' भन्दै दमकमा विम्बात्मक प्रदर्शनी

'निर्मलाका निम्ति न्याय' भन्दै दमकमा विम्बात्मक प्रदर्शनी

पहिलोपोस्ट /पहिलोपोस्ट


शनिवार ‘निर्मलाको निम्ति न्याय’  भन्ने नाराका साथ देशव्यापी प्रदर्शन भयो। कञ्चनपुरमा बलात्कारपछि मारिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाइ कार्वाहीको माग गर्दै देशका विभिन्न मुख्य शहरमा र्‍याली तथा विम्बात्मक प्रस्तुति भयो।

झापा दमकको गणतन्त्र चोकमा पनि प्रदर्शनी भएको थियो। जहाँ स्थानीय युथ नेटवर्क र कदम थिएटरले संयुक्त रुपमा कलात्मक ढङ्गमा विरोध जनायो। जहाँ न्यायालय र संविधानको अवस्थालाई व्यङ्ग्य गरिएको थियो।

आँखामा पट्टी बाँधेर उभिएको न्यायमुर्तिले तराजुमा एकातिर संविधान बोकेको छ भने अर्कोतिर बलात्कृत युवती। जुन दृश्यले कञ्चनपुर घटनाको झल्को दिन्छ।

युथ नेटवर्कका सजिना दाहाल, ममता उप्रेती र रोनिशा उप्रेती पीडित, संविधान र न्यायमूर्तीको भूमिका निभाए। १ बजे सुरु भएको र्‍याली ३ बजे कोण सभामा परिणल भएको युथ नेट्वर्कका महासचिव सन्तोष दुलालले जानकारी दिए।

दमकमा भएको प्रदर्शनको केही झलक:



ट्रेन्डिङ पोस्ट

Ncell