
डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले ला लिगामा लगातार चौथो जित हात पारेको छ। शनिवार भएको खेलमा बार्सिलोनाले रियल सोसिडाड विरुद्ध २-१ गोलको पुनरागमन जित निकालेको हो।
बार्सिलोनाको जितमा ओसमान डेम्बेले र लुइस सुअरेजले दोस्रो हाफमा एक-एक गोल गरे।
त्यसअघि घरेलु मैदानमा अरिट्ज एलुसुन्डो गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा बार्सिलोनाले पुनरागमन गर्दै दुई गोल गरेको हो।
लगातार चार जितपछि १२ अंकसहित बार्सिलोना शीर्ष स्थानमा आसिन छ।
यसैगरी शनिवारै भएको खेलमा एट्लेटिको मड्रिडले आइबरसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ।