PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

प्रिमियर लिग : एडेन हाजार्डको ह्याट्रिकमा चेल्सीको सहज जित, म्यानचेष्टर सिटी र आर्सनल विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : एडेन हाजार्डको ह्याट्रिकमा चेल्सीको सहज जित, म्यानचेष्टर सिटी र आर्सनल विजयी

प्रिमियर लिग अन्तर्गत शनिवार भएको खेलहरुङ्गा चेल्सी, म्यानचेष्टर सिटी र आर्सनल विजयी भएका छन्।

एडेन हाजार्डले ह्याट्रिक गरेपछि चेल्सीले कार्डिफ सिटी विरुद्ध पुनरागमन गर्दै ४-१ को जित हात पार्‍यो। चेल्सीको लागि विलियनले एक गोल गरे। कार्डिफका लागि सोल बाम्बाले सुरुवाती अग्रता दिलाएपनि कायम राख्न सकेन। 


लगातार पाँचौ जितपछि गोलअन्तरमा लिभरपुललाई पछि पार्दै चेल्सी अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ। चेल्सी र लिभरपुलले यस सिजन शतप्रतिशत जित निकाल्दै समान १५ अंक जोडेका छन्।

यस्तै साविक विजेता म्यानचेष्टर सिटीले लरेय साने, डेविड शिल्भा र रहिम स्टर्लिङले एक-एक गोल गरे। यस सिजनको चौथो जितपछि सिटी १३ अंकका साथ तेस्रो स्थानमा छ। 

यसैगरी लण्डन क्लब आर्सनलले सिजनको तेस्रो जित हात पार्ने क्रममा न्यूकासल युनाइटेडलाई २-१ ले हरायो। आर्सनलको जितमा ग्राइन्ट जाका र मेसुट ओजिलले एक-एक गोल गरे।



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell