PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रिमियर लिग : वाटफोर्डको विजय यात्रा तोडियो, म्यानचेष्टर युनाइटेड २-१ ले विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : वाटफोर्डको विजय यात्रा तोडियो, म्यानचेष्टर युनाइटेड २-१ ले विजयी

नयाँ सिजनको प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार चार खेल जितेको  वाटफोर्डको विजय यात्रा म्यानचेष्टर युनाइटेडले तोडेको छ।

गएराती भएको खेलमा युनाइटेडले वाटफोर्डलाई २-१ ले हरायो। यस सिजन युनाइटेडको यो दोस्रो जित हो। युनाइटेडका लागि रोमेलु लुकाकु र क्रिस स्मालिङले पहिलो हाफमा गरेको गोल जितको लागि निर्णायक बन्यो।

वाटफोर्डका लागि दोस्रो हाफमा ग्रेले एक गोल फर्काए।

यस सिजन खेलेका ५ मध्ये तेस्रो खेलमा जित हात पारेको युनाइटेडले टोटनहम र आर्सनल समान ९ अंक जोडेको छ। तर गोल अन्तरमा पछाडी रहेको युनाइटेड आठौँ स्थानमा छ। हारका बावजुत पनि १२ अंक रहेको वाटफोर्ड चौथो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell