PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

यू-१९ युथ एसिया कप : नेपालको पहिलो खेल भारतसँग



पहिलोपोस्ट

यू-१९ युथ एसिया कप : नेपालको पहिलो खेल भारतसँग

बंगलादेशमा आयोजना हुने यू-१९ युथ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। एसीसीले शनिवार सार्वजनिक गरेको तालिका अनुसार नेपालले समूहको पहिलो खेल बलियो टोली भारतसँग खेल्नेछ।

समूह ए मा नेपाल र भारतसँगै अफगानिस्तान र युएई छन्। गत वर्ष मलेसियामा सम्पन्न प्रतियोगिताको नेपालले भारतलाई पराजित गर्दै इतिहासमै पहिलो पटक सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो। नेपालले भारतलाई पराजित गरेको समेत त्यो पहिलो पटक थियो।

२९ सेप्टेम्वर देखि ७ अक्टोबरसम्म हुने प्रतियोगिताको समूह्य बी मा आयोजक बंगलादेश, श्रीलंका, पाकिस्तान र हङकङ छन्।

दुवै समूहको शीर्ष दुई स्थानमा रहने टिम सेमिफाइनल पुग्नेछन्। एसिया कपको तयारीका लागि हाल भारत, नेपाल र अफगानिस्तानको टोली लखनउमा क्वाड्राङगुलर सिरिज खेलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell