PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

मौलिक हकका १५ मध्ये १३ विधेयक पारित, यी हुन् पारित भएका कानुन



पहिलोपोस्ट

मौलिक हकका १५ मध्ये १३ विधेयक पारित, यी हुन् पारित भएका कानुन

काठमाडौँः संघीय संसद्का दुई सदनमा विचाराधीन रहेका मौलिक हक कार्यान्वयनका १५ मध्ये १३ विधेयक पारित भएका छन्। पारित विधेयकमा प्रतिनिधिसभामा दर्ता भई कारबाही प्रक्रिया अघि बढाइएका ९ र राष्ट्रियसभामा दर्ता भएका चार विधेयक छन्। संघीय संसदमा दुबै सदनबाट भने दुई विधेयक पारित भएका संसद् कार्य सञ्चालन नियमावली अनुसार दुबै सदनबाट पारित भएपछि मात्रै विधेयक प्रमाणीकरणका लागि पठाइनेछ। 

दुबै सदनले शुक्रबार र शनिबार अधिकांश विधेयक पारित गरेका हुन्। प्रतिनिधिसभाले शुक्रबार ७ र शनिबार ४ विधेयक पारित गरेको छ। शनिबार पारित भएका चारमध्ये दुई विधेयक भने राष्ट्रियसभाबाट पारित भई पेस भएका विधेयक हुन्।

यस्तै, राष्ट्रियसभाले शुक्रबार तीन र शनिबार एक विधेयक पारित गरेको हो। सबै विधेयक राष्ट्रियसभामा दर्ता भएका विधेयक हुन्। प्रतिनिधिसभामा पारित भई राष्ट्रियसभामा पेस भएका विधेयक भने संशोधन दर्ताका चरणमा रहेका छन्।

 

प्रतिनिधिसभाले पारित गरेका विधेयक

प्रतिनिधिसभाले आफ्नै सभाबाट प्रक्रिया अघि बढाएका ९ सहित ११ विधेयक पारित गरेको छ। ९ विधेयकमा –

सुरक्षित मातृत्व तथा प्रजजनन सम्बन्धी विधेयक

जनस्वास्थ्य सम्बन्धी विधेयक

रोजगारीको हक

उपभोक्ता संरक्षण विधेयक

खाद्य अधिकार सम्बन्धी विधेयक

आवासको अधिकार सम्बनधी विधेयक

भूमिसम्बन्धी विधेयक

वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक

जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय सम्बन्धी विधेयक,

 

राष्ट्रियसभाले पारित गरेका विधेयक

बालबालिकाको हक सम्बन्धी विधेयक

वातारण संरक्षण विधेयक

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक

अपराध पीडितको संरक्षण सम्बन्धी विधेयक

 

दुबै सदनबाट पारित विधेयक

अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी विधेयक

वातावरण संरक्षण विधेयक 

नियमावली अनुसार एउटा सदनबाट पारित भएका विधेयक अर्कोमा पेस हुनेछन्। दुबैबाट पारित भएपछि प्रमाणीकरणका लागि पठाइनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell