PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

एसिया कप : मुस्फिकर रहिमको शानदार शतकमा बंगलादेशको फराकिलो जित



पहिलोपोस्ट

एसिया कप : मुस्फिकर रहिमको शानदार शतकमा बंगलादेशको फराकिलो जित

मुस्फिकर रहिमको शानदरा शतक अनी उत्कृष्ट बलिङको मद्दतमा बंगलादेशले एसिया कपमा श्रीलंकालाई १३७ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

युएईमा शनिबारबाट सुरु भएको प्रतियोगिताको समूह ए अन्तर्गत खेलमा बंगलादेशले टस जितेर पहिले ब्याटिङ गर्दै  ४९.३ ओभरमा सबै विकेट गुमाएर २६१ रन बनाएको थियो। उसका लागि मुस्फिकरले १४४ रन बनाए। १५० बल खेलेका उनले ११ चौका र २ छक्का प्रहार गरे। यस्तै मोहम्मद मिथुनले ६३ रनको योगदान गरे।

बलिङमा श्रीलंकाका लाथिस मालिंगाले १० ओभरमा २ मेडन राख्दै २३ रन खर्चेर ४ विकेट लिए।

२६२ रनको लक्ष्य पछ्याएको श्रीलंका बंगादेशको बलिङ सामु टिक्न सकेन र ३५.२ ओभरमा १२४ रनमा अलआउट भयो। बंगलादेशका मुस्फिकर रहिमले बनाएको रन नै श्रीलंकालाई धेरै भयो।

श्रीलंकाका लागि कुशल परेराले २९ र उपुल थरंगाले २७ रन जोडे।  श्रीलंकालाई अलआउट गर्न कप्तान मोसरफ मोर्ताजा, मुस्ताफिजुर रहेमान र मेहिदि हशन मिराजले २-२ विकेट लिए।

बंगलादेशका ओपनर तमिम इकवाल भने एसिया कपको बाँकी खेल खेल्न नसक्ने भएका छन्। श्रीलंकाविरुद्धको खेलमा ओपनिङ गरेका तमिमले २ रन बनाउँदा उनको देब्रे नाडी फ्याक्चर भएको थियो। त्यसपछि रिटायर्ड हर्ट भएका उनले इनिङ्सको अन्त्यतिर मुस्फिकरलाई साथ दिने एक हातले ब्याटिङ गर्दै सबैको मन जितेका थिए।

मुस्ताफिजुर रहेमान नवौँ विकेटको रुपमा आउट ४६.५ औँ ओभरमा आउट भएपछि क्रिजमा फर्केका तममिले मुस्फिकरसँग अन्तिम विकेटका लागि ३२ रनको साझेदारी गरे। तमिम भने २ रनमा नटआउट रहे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell