PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

रोकी राखेको टिपरमा ढुङ्गा खस्दा दुईको मृत्यु, तीन गम्भीर घाइते



पहिलोपोस्ट

रोकी राखेको टिपरमा ढुङ्गा खस्दा दुईको मृत्यु, तीन गम्भीर घाइते
फाइल फोटो

काठमाडौ : रसुवाको गोसाइकुण्ड गाउँपालिका वार्ड नम्बर १ स्थित टिमुरेमा रोकी रोकेका टिपरमा ढुङ्गा खस्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा हेटौडा उपमहानगरपालिकाका २२ वर्षीय रमेश काप्रोला र रुकुम जिल्लाको भूमि गाँउपालिकाका ५० वर्षीय भीम रोक्का रहेका छन्।

त्यस्तै तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक राजेन्द्र सिग्देलले जानकारी दिए।

गम्भीर घाइते भएका तीन जनालाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। पाँच जनामा भने सामान्य उपचारपछि घर फर्किएका छन्। रसुवागढी हाइड्रोपावरको सुरुङ मार्ग जाने बाटोमा रोकी राखेको टिपरमा माथिबाट ढुङ्गा खसेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell