PahiloPost

May 16, 2026 | २ जेठ २०८३

प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने लामा प्रहरी फन्दामा



पहिलोपोस्ट

प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने लामा प्रहरी फन्दामा

काठमाडौः दाङ प्रहरीले ठगी गरेको अभियोगमा एक जनलाई पक्राउ गरेको छ।

दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर १ चरिकोट स्थायी घर भइ हाल काठमाडौँको पेप्सिकोला बस्ने ५१ वर्षीय कालीबहादुर लामालाई पक्राउ गरेको हो। लामालाई प्रहरीले महागञ्जबाट नियन्त्रणमा लिएको हो।

लामाले सल्यान शारदा नगरपालिका वडा नम्बर ३ वडा खोला बस्ने २० वर्षीय गणेश भण्डारीलाई प्रहरीमा जागिर लगाइदिने भन्दै २ लाख ५० हजार रुपैयाँ लिएको प्रहरी अनुसन्धानमा खुलेको छ। 

लामाले नेपाल प्रहरी जवान पदमा भगौडा भएको खाली ठाउँमा भर्ती गराई दिन्छु भन्दै ठगी गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell