PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रचारका लागि कलेजमा आर्यन र सृष्टि



पहिलोपोस्ट

प्रचारका लागि कलेजमा आर्यन र सृष्टि

काठमाडौं : फिल्म प्रचाका लागि निर्माण टिम विद्यालय, कलेज धाउने काम पुरानै भइसक्यो। तर पनि प्रचारका लागि कलेजमा पुग्ने गर्छन् अधिकांश नेपाली कलाकार।

प्रदर्शनको तयारीमा रहेको फिल्म 'बाँध मायाले'का कलाकार पनि काठमाडौंका विभिन्न विद्यालय पुगेका छन्। फिल्मको प्रचार गर्न एवंम् विद्यार्थीसँग अन्तरक्रिया गर्न फिल्मका कलाकार आर्यन अधिकारी  र सृष्टि श्रेष्ठ कलेज पुगेका हुन्।

दुईजनासँगै फिल्मका निर्देशक सवीर श्रेष्ठ र कार्यकारी निर्माता केदार धितालले पनि विद्यार्थीलाई फिल्मबारे जानकारी दिएका छन्। निर्देशक सवीरले आफूहरु कलेज पुग्दा विद्यार्थी फिल्मलाई लिएर निकै उत्साहित भेटे। उनले भने 'हामी ओमेगा, मेगा, ब्लुबर्ड र मोलिस कलेज पुग्यौं। विद्यार्थी सृष्टि र आर्यनसँग अटोग्राफ लिन झुम्मेका थिए। हामीले फिल्मबारे उनीहरुलाई बताएका छौं।'

आगामी असोज ५ गतेबाट प्रदर्शनमा आउने यस फिल्म रोमान्स जनरामा बनेको छ। फिल्ममा आर्यन अधिकारी र सृष्टिसँगै राजाराम पौडेल लगायतको अभिनय छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell