PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

भारतीय नोट नसाटिएकोमा सासंद सिलवालको चिन्ता!



पहिलोपोस्ट

भारतीय नोट नसाटिएकोमा सासंद सिलवालको चिन्ता!

काठमाडौः भारत सरकारले गरेको नोटबन्दी पछि विभिन्न देशमा रहेका भारतीय रुपैयाँ साटिए पनि नेपाली बैंकहरुमा रहेको भारतीय रुपैयाँ नसाटिएकोमा संसदमा चिन्ता व्यक्त गरिएको छ।

नेकपाका सांसद नवराज सिलवालले नेपाली बैकमा रहेका भारतीय रुपैयाँ नसाटिएको विषयमा चिन्ता व्यक्त गर्दै अर्थमन्त्रीसँज जवाफ समेत मागेका छन्।

आजको प्रतिनिधि सभाको बैठकमा सिलवालले भारत सरकारले गरेको नोटबन्दी पछि ९९ दशमलव ३ प्रतिशत नोट फिर्ता भएको तर नेपालको पैसा फिर्ता नभएको बताए। उनले भने, ‘हाम्रो बैकमा रहेका नोट किन साटिएन? भारत सरकारले हाम्रो पैसा नसाट्न चाहेको हो कि? बैङ्कमा रहेको नोट नसाटिँदा भारतसँगको सम्बन्ध चिसो हुने हो कि?’

अर्थमन्त्रीले राम्रोसँग भारतसँग कुरा गर्न नसकेको विषयमा आशङ्का गर्दै सिलवालले भने, ‘अर्थमन्त्रीलाई यस विषयमा सिरियस भएर कुरा उठाउन आग्रह गर्दछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell