
काठमाडौँ : बीसीसीआईको आयोजनामा भारतको लखनउमा भइरहेको यू-१९ क्वाड्राङ्गुलर एकदिवसीय क्रिकेट सिरिजमा नेपालले अहिले अफगानिस्तानसँग खेलिरहेको छ।
एकना इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेपनि पवन सराफले नटआउट ७८ रन बनाएपछि नेपालले १९० रनको लक्ष्य दिएको छ।
सातौँ नम्वरमा ब्याटिङ गरेका पवनले ९६ बल खेल्दै १० चौका र १ छक्काको मद्दतमा नटआउट ७८ रन बनाए।
५० ओभरको इनिङ्समा ३ बल अगावै अलआउट भएको नेपालले १८९ रन बनाएको छ। सन्दीप जोराले २८, रसिद खानले २४,लोकेश बामले १६ तथा भिम शार्कीले १३ रन योगदान गरे।
११६ रनमा ७ विकेट गुमाएको अवस्थामा पवन र रसिदले आठौँ विकेटका लागि ६५ रनको महत्पूर्ण साझेदारी गरे।
नेपालका ६ खेलाडीले दोहोरो अंक छुन सकेनन्। अफगानिस्तानका लागि मोहम्मद कबिरले ३ तथा अबिद मोहमदी अरिफ खान दवलतजाईले २-२ विकेट लिए।