PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

निर्मलाको न्यायका लागि धनगढीमा प्रदर्शनमा गृहमन्त्रीको राजिनामा माग, अब हरेक दिन प्रदर्शन हुने

निर्मलाको न्यायका लागि धनगढीमा प्रदर्शनमा गृहमन्त्रीको राजिनामा माग, अब हरेक दिन प्रदर्शन हुने

एम बम/पहिलोपोस्ट


कैलाली : बलात्कारपछि हत्याको सिकार भएकी निर्मला पन्तको न्यायका लागि भन्दै धनगढीमा नागरिकहरु सडकमा उत्रिएका छन्। १३ वर्षीया निर्मला पन्तको बलत्कारपछि हत्या भएको ५३ दिनको दिन दोषी पहिचानमा सरकारले वेवास्ता गरेको भन्दै सडकमा उनीहरु उत्रिएका हुन्। निर्मलाका हत्यारा पक्राउ गर्न उनका परिवार, आफन्त लगायत देशभरका जनताहरु सरकारलाई गुहारेका छन्।

घटनाको ५३ दिन भइसक्दा पनि सरकार हत्यारा पत्ता लगाउन उदासिन बनेको भन्दै धनगढीका नागरिकहरुले आज सरकार विरोधी नारा लगाउनुका साथै हत्यारा पत्ता लगाउन नसक्ने गृहमन्त्रीको राजीनामा माग गरे।
 
गाउँगाउँमा सिंहदरबार आयो भने पनि न्यायका लागि केन्द्रमै पुग्नुपर्ने बाध्यता रहेकाले प्रदेश सरकार लाचार बनेको आरोप स्थानीयले लगाएका छन्।
 
वास्तविक हत्यारा पत्ता नलागेसम्म महिलाहरु अझ सशक्त ढंगबाट आन्दोनमा सहभागी हुने पुष्पा भट्टले बताइन्।
 
निर्मला पन्तको न्यायका लागि हत्यारा पत्ता नलागेसम्म आजबाट निरन्तर प्रदर्शन गर्ने धनगढी नागरिक समाजका अगुवा हरि रेग्मीले बताए। प्रदर्शनका लागि भोलि पनि ४ बजे धनगढीको ट्राफिक चौराहमा जम्मा हुने कार्यक्रम तय भएको उनले बताए।


ट्रेन्डिङ पोस्ट

Ncell