PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

३३ किलो सुन प्रकरणमा थुनामा रहेका डिएसपी केसीलाई साधारण तारेकमा छोड्न अदालतको आदेश



पहिलोपोस्ट

३३ किलो सुन प्रकरणमा थुनामा रहेका डिएसपी केसीलाई साधारण तारेकमा छोड्न अदालतको आदेश

विराटनगर : ३३ किलो सुन प्रकरणमा थुनामा रहेका डिएसपी प्रजित केसीलाई रिहा गर्न उच्च अदालत विराटनगरले आदेश दिएको छ।

जिल्ला अदालत मोरङले थुनामै रहेर मुद्दाको कारवाही अघि बढाउन प्रारम्भिक आदेश दिएको थियो। उच्च अदालत विराटनगरले पुर्पक्षमा थुनामा रहेका केसीलाई साधारण तारेकमा रिहाको आदेश दिएको हो। आइतवार न्यायाधीश उमेशराज पौडेल र उमेश कुमार सिंहको इजलासले डिएसपी केसीलाई साधारण तारेकमा छोड्न आदेश दिएको हो।

अदालतले सुन प्रकरणमा थुनामा रहेका एसएसपी दिवेश लोहनीलाई पनि रिहा गर्न शुक्रवार आदेश जारी गरिसकेको छ। डिएसपी केसीलाई गत वैसाखमा सरकारले गठन गरेको गृह मन्त्रालयका सह सचिवको नेतृत्वको उच्चस्तरीय छानविन समितिले पक्राउ गरेको थियो।

गत फागुन १९ गते प्रहरीले मोरङ उर्लाबारी नगरपालिका ७ घर भएका ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको शव फेला पारेको थियो। त्यही घटनामा अनुसन्धान गर्दा खटिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका डिएसपी केसीमाथि नै सुन तस्कर र हत्यामा संलग्न गोरेसँग सम्बन्ध रहेको अभियोगमा गृह मन्त्रालयको छानविन समितिले पक्राउ गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell