PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

सेप्टेम्वर २८ सम्म बाँकी पैसा नआए बंगबन्धु खेल्दैनौँ : एन्फा



पहिलोपोस्ट

सेप्टेम्वर २८ सम्म बाँकी पैसा नआए बंगबन्धु खेल्दैनौँ : एन्फा

काठमाडौँ : बंगलादेश फुटबल फेडेरेसनको आयोजनामा यही अक्टोवर १ देखि ढाकामा बंगबन्धु अन्तर्राष्ट्रिय गोल्डकप हुँदैछ। त्यसका लागि डिफेण्डिङ च्याम्पियन समेत रहेको नेपालको टिम दर्ता भइसकेको छ।

तर नेपालले दुई वर्षभन्दा अगाडी जितेको प्रतियोगिताको पुरा रकम नपाइसकेको कारण यस पटक खेल्ने वा नखेल्ने अझै दोधारमा छ।

नेपालले अघिल्लो संस्करणमा पुरस्कारवापत जितेको ५० हजार अमेरिकी डलरमध्ये २५ हजार पाउन बाँकी छ।

अब बंगबन्धु सुरु हुन दुई साता मात्र बाँकी छ। भर्खै साफ च्याम्पियनसिप खेलेको नेपाली राष्ट्रिय टोली क्याम्पमै छन्।

तर बाँकी रहेको २५ हजार अमेरिकी डलर पुरस्कार नपाए एन्फाले प्रतियोगिता नखेल्ने बताएको छ। आइतवार एन्फा कम्प्लेक्समा ए डिभिजन लिग बारे भएको पत्रकार सम्मेलनमा एन्फा महासिचव इन्द्रमान तुलाधरले बाँकी पुरस्कार रकम नपाए नखेल्ने स्पष्ट पारे।

भर्खैरै मात्र बंगलादेश पुगेर फर्केका तुलाधरले भने, 'बंगलादेश फुटबल फेडेरेसनले हामीलाई पैसा दिन्छु भनिरहेको छ तर हामीले लेगल रुपमा पठाइदिनु भनेका छौँ आशा छ सेप्टेम्वर २८ तारिखसम्‍म त्यो आइपुग्नेछ।'

उनले पुरानो पुरस्कार रकम दिन्छौँ भनेकै कारण टिम दर्ता गरेको तर अब पैसा नपाए नखेल्ने बताए। 'हामी २८ तारिखसम्म कुर्छौँ त्यतिबेलासम्म पैसा आए खेल्छौँ नत्र खेल्दैनौँ।'

नेपालले पुरस्कार नपाएको बारेमा साफ च्याम्पियनसिप भइरहेको बेला बंगलादेशको जमुना टिभीले यस बारे रिपोर्ट समेत बनाएको थियो। उक्त रिपोर्ट बंगलादेश फुटबल पेडेरेसका अध्यक्ष र एन्फा उपाध्यक्ष कृष्ण थापाको भनाई समेत थियो। बंगलादेश फुटबल फेडेरेसका अध्यक्षले यस बारे सबै कुरा सेटल भइसकेको जवाफ दिएका थिए। एन्फा महासचिव तुलाधका अनुसार त्यो सेटल भएको भनेको २८ तारिखमा पैसा आइपुग्छ भनेको हुन सक्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell