PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

पुनर्निर्माण प्राधिकरणले माग्यो थप ६ खर्ब रुपैंया



पहिलोपोस्ट

पुनर्निर्माण प्राधिकरणले माग्यो थप ६ खर्ब रुपैंया

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले थप ६ खर्ब रुपैयाँ मागेको छ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण र पुर्नस्थापनाका लागि थप ६ खर्ब आवश्यक रहेको बताए।

अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रतिनिधिहरुसँगको छलफलमा ज्ञवालीले चालु आर्थिक वर्षभित्रसम्ममा पुनर्निर्माणमा ३ खर्ब ३६ अर्ब रुपैयाँ खर्च हुने बताउँदै आवश्यक रकम जुटाउनका लागि सरकार र दातृ निकायसँग छलफल जारी रहेको जनाए। 

प्राधिकरणले पुर्निर्माणमा पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब, तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको जनाएको छ। चालु आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ विनियोजन गरिएको छ। 

२०७३ साल वैसाखमा तयार पारिएको विपद् पश्चातको पुर्नलाभ कार्य ढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो। 

नेपालको  पुर्निर्माणका लागि  आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा छिमेकी मुलुकसहित दातृ निकायहरुले प्रतिवद्धता जनाएको कूल ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब उद्धार तथा राहतसहितका कार्यक्रममा खर्च भई ३ खर्ब ४३ अर्ब रहेकोमा त्यसमध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भइसकेको छ। 

अन्तर्राट्रिय मुद्रा कोषका मिसन प्रमुख ग्रीर्ट अल्मेकिन्डर्सले पुनर्निर्माणको क्षेत्रमा पूँजीगत खर्च बढेकोमा प्रशंसा गर्दै पुनर्निर्माणमा हुने खर्चले नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण सहयोग पुग्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell