PahiloPost

May 16, 2026 | २ जेठ २०८३

 होटेलका ग्राहकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा साहुजी र छोरा पक्राउ



पहिलोपोस्ट

 होटेलका ग्राहकलाई कुटपिट गरी हत्या गरेको अभियोगमा साहुजी र छोरा पक्राउ

काठमाडौः  होटेलमा मदिरा सेवनपछि विवाद गर्ने र एक ग्राहकलाई कुटपिट गर्ने होटेल सञ्चालक सहित तीन जनालाई  प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले  होटेल सञ्चालक धनपाल सरदार र उनका ४० वर्षीय छोरा बाबुचन र छिमेकी बिनोद सरदारलाई पक्राउ गरेको हो।

भदौ २२ गते  रातीको समयमा गस्ती खटिएको टोलीले बुढिगंगा गाउँपालिका वडा नम्बर १ स्थित कोसी राजमार्गमा  सुनसरी हरिनगरा गाउँपालिका वडा नम्बर ३ बस्ने  ५० वर्षीय को महानन्द साह घाइते अवस्था फेला परेको थियो। तत्काल प्रहरीले अस्पताल पुर्याएका साहको अपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरी अनुसन्धानमा सरदारको होटेलमा मादक पदार्थ सेवन गरी वादविवाद हुँदा होटेल सञ्चालक धनपाल सरदार कुटपिट गरी घाइते बनाएको र  छोरा बाबुचनले  र छिमेकी विनोदले सिटी रिक्सामा राखी कोसी राजमार्गमा ल्याई छोडेको खुलेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell