काठमाडौं : नितु पण्डितको अध्यक्षतामा सञ्चारिका समूहको नयाँ कार्यसमिति निर्वाचित भएको छ। सातौं महाधिवेशनबाट पण्डितको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित भएको हो।
सञ्चारिकाको उपाध्यक्षमा कमला पन्थी, महासचिवमा विमला तुम्खेवा, सचिवमा यशोदा अधिकारी र कोषाध्यक्षमा सीमा शर्मा निर्वाचित भएका छन् । सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वशी बस्नेत, रुबी रौनियार, वसन्ती बास्तोला, सञ्चिता घिमिरे, कविता थापा र दुर्गा कार्की निर्वाचित भए।