PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

पहिलो पटक 'शहिद स्मारक ए डिभिजन लिग ट्रफी टुर' हुने



पहिलोपोस्ट

पहिलो पटक 'शहिद स्मारक ए डिभिजन लिग ट्रफी टुर' हुने
नेपाल स्पोर्ट्स फोटो

काठमाडौँ : झण्डै पाँच वर्षपछि शहिद स्मारक ए डिभिजन लिग सुरु हुँदैछ। असोज १३ गतेबाट लिग हुँदैछ। उक्त लिगको विजेताले हात पार्ने ट्रफीको टुर गराइने भएको छ।

अखिल नेपाल फुटबल संघ एन्फाले सोमबार राजधानीमा ट्रफी टुर गराउन लागेको हो। ‘स्कोर अ गोल’ नाम दिइएको ट्रफी टूरमा नेपालका अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक र सेलिब्रेटीहरुको समेत उपस्थिती रहने एन्फाले जनाएको छ।

ट्रफी सुरुमा त्रिपूरेश्वरस्थित दशरथ रंगशालामा राखिनेछ। र त्यसपछि ट्रफीलाई काठमाडौं उपत्यकाको सात स्थानमा भ्रमण गराइने एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell