PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

केन्याली धावक एलिउड किपचोगेले बनाए म्याराथनमा नयाँ विश्व कीर्तिमान



पहिलोपोस्ट

केन्याली धावक एलिउड किपचोगेले बनाए म्याराथनमा नयाँ विश्व कीर्तिमान

केन्याली धावक एलिउड किपचोगेले म्याराथनमा नयाँ विश्व कीर्तिमान कायम गरेका छन्।

उनले बिएमडब्लु बर्लिन म्याराथनमा आइतवार २ घण्टा १ मिनेट ३९ सेकेण्डको टाइमिङ निकाल्दै नयाँ कीर्तिमान आफ्नो नाममा लेखाए।

३३ वर्षीय एलिउडले यसअघि डेनिस किमीटोले बनाएको २ घण्टा २ मिनेट ५७ सेकेण्डको कीर्तीमान भन्दा १ मिनेट १८ सेकेण्डअघि म्याराथन सकाए।

बर्लिनमै २०१४ मा डेनिसले विश्व कीर्तिमान बनाएका थिए। यस्तै केन्याकै धावक अमोस किप्रुटोले २ घण्टा ६ मिनेट २३ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थान हात पारे। शीर्ष तीन स्थानमा केन्याली धावकले क्लिनसिप गर्दा विलसन किपसाङ २ घण्टा ६ मिनेट ४८ सेकेण्डमा दुरी पुरा गर्दै तेस्रो भए।

केन्याकै ग्लाडाएस चेरोनोले २ घण्टा १८ मिनेट ११ सेकेण्डमा दौड पुरा गर्दै महिलातर्फ विजयी भइन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell