PahiloPost

May 16, 2026 | २ जेठ २०८३

एसिया कप : पाकिस्तानले हङकङलाई ८ विकेटले हरायो



पहिलोपोस्ट

एसिया कप : पाकिस्तानले हङकङलाई ८ विकेटले हरायो
फोटो : ICC

एसिया कप क्रिकेट अन्तर्गत आइतवार भएको समूह ए को खेलमा पाकिस्तानले एसोसिएट टोली हङकङलाई ८ विकेटले पराजित गरेको छ।

हङकङले दिएको ११७ रनको सामान्य लक्ष्य पाकिस्तानले २३.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्‍यो। पाकिस्तानका लागि ओपनर इमाम उल हकले नटआउट ५० रन बनाए। बाबर अजमले ३३ तथा फकर जमनले २४ रन योगदान गरे।  दुवै विकेट हङकङका एहसान खानले लिए।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको हङकङ पाकिस्तानी बलिङ सामु टिक्न नसक्दा ३७.१ ओभरमा ११६ रनमा अलआउट भएको थियो। 

हङकङका लागि अइजाज खानले २७ तथा किन्चित शाहले २६ रन बनाए। बलिङमा पाकिस्तानका उस्मान खानले ३ तथा हसन अली र सदाब खानले २-२ विकेट लिए।

एसिया कप छनोटको विजेता बन्दै हङकङले पाकिस्तान र भारतसँग समूह चरणमा खेल्ने मौका पाको हो। 

एसिया कप अन्तर्गत आज श्रीलंका  र अफगानिस्तानबीच खेल हुँदैछ। समूह चरण पार गर्न श्रीलंकाको लागि आजको खेल जित्नैपर्ने बाध्यता छ। श्रीलंका पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell