वीरगंजः बारा, परवानीपुर गाउँपालिका वडा नं ३ चैनपुरमा रहेको अमृत वनस्पति घ्घू उद्योग परिसरभित्र रहेको अन्नपूर्ण केमिकल्स एण्ड सप प्रालिमा भीषण आगलागी भएको छ। अन्नपूर्ण केमिकल साबनु उद्योग हो।
बिहान करिब ७ बजे सुरु भएको आगलागी हालसम्म नियन्त्रणमा लिन सकिएको छैन।
पर्साका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार आगो नियन्त्रण गर्ने कार्य भइरहेको तर नियन्त्रणमा लिन सकिएको छैन।
‘वीरगंज महानगर, पोखरीया नगरपालिका र अमलेखगन्ज नेपाल आयल निगमको डिपोबाट आएको वारुणयन्त्र तथा सुरक्षाकर्मीहरू आगो नियन्त्रणमा खटेका छन्' केही घण्टामा आगो पूर्ण रूपमा नियन्त्रणमा आउँछ’ प्रहरी नायव उपरीक्षक थापाले पहिलोपोस्टसँग भने।
दबंग र मकालु ब्रान्डको कपडा धुने साबुन उत्पादन गर्ने उद्योगमा आगलागी भएको हो। के कारणले आगलागी भएको यकिन भएको छैन। उद्योग वीरगंजका उद्योगपति वीरेन्द्रप्रसाद संघाईको हो।