PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

जापानमा बसुन्धरा भुषाललाई 'लाइफटाइम अचिभमेन्ट' अवार्ड

जापानमा बसुन्धरा भुषाललाई 'लाइफटाइम अचिभमेन्ट' अवार्ड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विदेशमा अवार्ड गर्नेहरुको भिडमा पर्‍यो 'सुर्य ईन्टरनेशनल अवार्ड २०१८'। अवार्ड कार्यक्रम जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा सम्पन्न भयो।

अवार्डका लागि नेपालबाट चार दर्जन कलाकार सहितको टोली जापान पुगेका थिए। १२ विधा र मास पपुलर विधामा अवार्ड वितरण गरियो। सुर्य अवार्डमा उत्कृष्ट फिल्म 'म यस्तो गित गाउँछु', उत्कृष्ट अभिनेता पल शाह र अभिनेत्री पुझा शर्मा भएका छन्। दर्शकले दिएका भोटका आधारमा अवार्ड प्रदान गरिएको आयोजकले बताए।

उत्कृष्ट निर्देशकको अवार्ड 'म यस्तो गित गाउँछु'बाट नै सुदर्शन थापाले पाए। सपोर्टिङ पुरुष प्रशान्त ताम्राकार र महिलातर्फ वर्षा राउतले अवार्ड पाए। मास पपुलरको आधारमा ४ अवार्ड प्रदान गरियो। गत बर्ष प्रदर्शनमा आएको फिल्महरुबाट उत्कृष्ट अभिनेतामा अनमोल केसी, अभिनेत्रीमा सम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदिप भट्टराई र फिल्ममा 'छक्का पञ्जा २'ले प्राप्त गरे।

हास्य अभिनेत्री बसुन्धरा भुषाललाई 'लाइफटाइम अचिभमेन्ट' अवार्डबाट सम्मान गरिएको छ। अभिनेता भुवन केसीलाई समिप्यराज तिमेल्सिनाले चलचित्र पत्रकारिता पुरस्कारमा नगद २५ हजार पाए।

फोटो पत्रकार श्रीधर पौडेललाई नगद १५ हजार सहितको पुरस्कार प्रदान गरियो। लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्कृष्ट घोषित भए। यस्तै पपतर्फ कमल खत्री र गायिका इन्दीरा जोशी उत्कूष्ट भए। यता आधुनिकतर्फ राजेश पायल राई र मेलिना राई उत्कृष्ट गायक/गायिका घोषित भए।



ट्रेन्डिङ पोस्ट

Ncell